नेपालको स्थानीय निकाय (गा.पा/न.पा) अनुसार घरबहाल कर सम्झौता गर्ने नमुना:
घरधनी र घरबहालमा बस्ने व्यक्ति बीच भएको घर बहाल सम्बन्धी
सम्झौता पत्र
लिखितम
........................................ को नाति/नातिनी .................................
को छोरा/छोरी ............................ बस्ने वर्ष .........., ना.प्र.नं. .....................
का श्री ........................................ (यसपछि प्रथम पक्ष भनिएको) र
........................... को नाति/नातिनी, ............................ को छोरा/छोरी
......................................... बस्ने वर्ष ............, ना.प्र.नं. ..............................
का श्री ............................................... (यसपछि दोश्रो पक्ष
भनिएको) का बिच मिति ............................ मा देहायका शर्तका अधिनमा रही
घर बहालमा दिने लिने सम्बन्धमा मन्जुर भई यो सम्झौता गरि एक एक प्रति आपसमा बुझि
दियौं, लियौं :-
शर्तहरु
१.
प्रथम पक्षको
नाममा रहेको .............................. नगरपालिका वडा नं. .......... कि.नं. ..............
स्थित जग्गामा बनेको घरमा रहेको ................. तल्लाको
....................कोठाहरु प्रथम पक्षले दोश्रो पक्षलाई बहालमा उपलब्ध गराउने ।
२.
प्रथम पक्षको
घर/कोठा बहालमा लिए बापत दोश्रो पक्षले प्रथम पक्षलाई मासिक रु.
....................../- (अक्षरेपि ..............................................................)
मात्र उपलब्ध गराउने ।
३.
दोश्रो पक्षले
प्रथम पक्षलाई सम्झौता बमोजिमको घरबहाल रकम बुझाउने ।
४.
घरको सरसफाई,
सुरक्षा र सामान्य मर्मत सुधार दोश्रो पक्षले गर्नुपर्ने र ठुलो मर्मत गर्नुपरेमा
प्रथम पक्षले गर्नुपर्नेछ ।
५.
प्रथम पक्षले
दोश्रो पक्षलाई पानी, बिजुली प्रयोग गर्न दिने र सो सुविधा उपयोग गरे बापत दोश्रो
पक्षले आपसी सहमतिमा निर्धारण गरेको दरमा रकम प्रथम पक्षलाई बुझाउनु पर्नेछ ।
६.
दोश्रो पक्षले
फोहोर संकलन बापतको शुल्क प्रथम पक्षलाई बुझाउनु पर्नेछ/बहालमा बस्ने आफैं
तिर्नुपर्नेछ।
७.
बहाल दुवै
पक्षको आपसी सहमतिमा बृद्धि हुनेछ तर २ वर्ष नाघेपछि निश्चित दरमा बृद्धि गर्न
बाधा पर्ने छैन ।
८.
सम्झौताको
म्याद सकिनु अगावै दोश्रो पक्षले घर छाडी अन्यत्र जान चाहेमा ६० दिन अगावै प्रथम पक्षलाई
जानकारी दिनु पर्नेछ ।
९.
सम्झौताको म्याद सकिनु अगावै प्रथम पक्षले घर खाली गर्न चाहेमा ६० दिन
अगावै दोश्रो पक्षलाई जानकारी दिनु पर्नेछ ।
१०.
प्रथम पक्षले सम्झौता विपरीत आधारभूत सुविधा उपलब्ध नगराएमा वा दोश्रो
पक्षले घरको हानी नोक्सानी हुने काम गरेमा, घरको सुरक्षा र वातावरणमा प्रतिकूल असर
पर्ने कुनै काम गरेमा जुनसुकै समयमा पनि सम्झौता रद्ध हुनेछ ।
११.
प्रथम तथा दोश्रो पक्षको आपसी समझदारीमा सम्झौताका बुँदाहरु थपघट हुन सक्नेछन्
।
१२.
यो सम्झौता २०................. गते देखि २०..................सम्मको लागि
हुनेछ। दुबै पक्षले चाहेमा सम्झौताको म्याद थप गर्न सकिनेछ ।
|
प्रथम पक्षको तर्फबाट |
दोश्रो पक्षको तर्फबाट |
|
नाम : |
नाम : |
|
सही : |
सही : |
|
साक्षी : |
साक्षी : |
इति सम्बत २०.......... साल .......................महिना...........
गते रोज .......................... शुभम्